मुकेश चौरसिया हत्या प्रकरण : मुख्य आरोपी अखिलेश समातिए

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मुकेश चौरसियाको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका अशेश्वर भन्ने अखिलेश प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव चौरसियाको हत्या प्रकारणका फरार मुख्य आरोपी भनिएका विन्दवासिनी गाउँपालिका-३ इटियाही २८ वर्षिय अखिलेशलाई पर्सा प्रहरीले आइतवार विरगञ्ज २५ औलो सिर्सियाबाट पक्राउ गरेको हो ।
घटनापछि फरार रहेका अखिलेशलाई प्रहरीले खोज तलासको क्रममा पक्राउ परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार मुकेशमाथि बाँसको भाटा प्रहार गर्ने व्यक्ति अखिलेश देखिएको कारण मुख्य आरोपी रहेको कुरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपीले मनोजित कुँवरले इकागजलाई बताए ।
गत कात्तिक ६ गते नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो । विन्दवासिनीको ५ प्रसौनीस्थित सेलर मिलको भवनमा आयोजित कार्यक्रम स्थल बाहिर भएको झडपमा मुकेश चौरसियामाथि आक्रमण भएको छ ।
घटनामा घाइते भएका मुकेशको उपचारको क्रममा विरगञ्जस्थित अस्पतालमा मृत्यु भएको थियो ।
योसँगै चौरसिया हत्या प्रकरणमा चार जना पक्राउ परेको हो । सो घटनामा यसअघि उत्तम तिवारी पवन तिवारी र हमिश मियाँसहितका व्यक्त पक्राउ परिसकेका छन् ।
र यो पनि
- हत्या भएको ८ दिनपछि नेकपा नेता चौरासियाको अन्त्येष्टि
- प्रहरीले एक सातापछि लियो जाहेरी
- राजनीतिमा अपराधीकरण : पूर्वमन्त्री मातृका यादव
- पाँचौँ दिन पनि प्रदर्शन जारी, थप कडा आन्दोलन गर्ने चेतावनी
- कार्यकर्ता हत्याको जाहेरी नलिएपछि नेकपाकै नेताहरू धर्नामा
- नेकपा कार्यकर्ता हत्या प्रकरणमा न्याय माग्दै कांग्रेस
- पर्सा घटनाको अन्तर्य
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया