बडिगाड गाउँपालिकाले पठायो भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र सामग्री

बागलुङ - बागलुङको बडिगाड गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री पठाएको छ । रुकुम पश्चिम र जाजरकोटमा गए राति आएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारलाई सहज बनाउनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्रीसहित स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीको नेतृत्वमा डा कुन्दनकुमार यादव, जनस्वास्थ्य निरीक्षक डिलबहादुर केसी, हेम पुन, हेल्थ असिस्टेन्ट सुदीप रञ्जन यादवलागयत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताए ।
स्वास्थ्यकर्मीको टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचारमा सहभागी हुनका लागि बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतिर प्रस्थान गरिसकेको अध्यक्ष थापाको भनाइ छ । विपद्को समयमा सानो–सानो सहयोगले पनि ठूलो राहत मिल्ने हुँदा गाउँपालिकाले एक डाक्टरसहित चार जना स्वास्थ्यकर्मी पठाएको उनले बताए ।
“राहत सहयोग भन्ने कुरा तत्काल गर्नुपर्ने हुन्छ, त्यहाँ विपद्मा परेका नागरिकको अवस्था देख्दा यहाँ हामीलाई दुःखेको छ, समयमै सहयोग गर्न सकियो भने कसैको ज्यान बाँच्छ, उपचार पाउँछ भन्ने हिसाबले हाम्रो यहाँका डाक्टरले त्यहाँका स्वास्थ्यकर्मीसँग संवाद गरी के–के औषधि तथा सामग्री आवश्यक छ भनी सोधेर सोहीअनुसार यहाँबाट लगेर जानुभएको छ”, अध्यक्ष थापाले भने, “अहिले त लोकमार्गले गर्दा जाजरकोट र रुकुम पश्चिमलाई हामीसँग जोडेको छ, विपद् कहाँ कति बेला आउँछ भन्न सकिँदैन, भोलि हामीलाई पनि पर्छन सक्छ ।” रासस
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया