भूकम्पका घाइतेहरुको सम्पूर्ण उपचार खर्च संघीय सरकारले व्यहोर्छ : मन्त्री बस्नेत

काठमाडौं - जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा हिजो मध्यराति गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघीय सरकारले व्यहोर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघीय सरकारले बेहोर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार निःशुल्क गरिने जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए ।
स्थानीय र प्रदेश स्तरीय अस्पतालमा उपचार सम्भव नभएका गम्भीर घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको बस्नेतले बताए ।
यसैबीच मन्त्री बस्नेतले जाजरकोट र रुकुममा गएको भूकम्पलाई मध्यनजर गरेर द्रुतगतिमा उपचारमा लाग्न चिकित्सकहरू र सहयोगी संघसस्थाहरुलाई आग्रह गरेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया