भूकम्पमा घाइतेको उद्धारका लागि पोखराले पठायो नगर प्रहरी, स्वास्थ्यकर्मी र राहत

पोखरा- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्प पीडितका लागि पोखरा महानगरपालिकाले नगर प्रहरीसहित राहत र उद्धार टोली पठाएको छ ।
भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुममा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा टिम पठाएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवं उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले बताए ।
उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रकसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोधभर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ राहतमा सहयोग गर्ने मेयर आचार्यले बताए । यसबाहेक अन्य जनप्रतिनिधिसँगै कर्मचारीहरूको स्वेच्छिक सहयोग र नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोरिने उनको भनाइ छ । यसरी पोखरा महानगरको तर्फबाट भूकम्प पिडितका लागि ५० लाख रुपैयाँ बराबरको राहत सहयोग प्रदान गरिने उनले जानकारी दिए ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया