कांग्रेसले स्थगन गर्यो तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू

काठमाडौँ– नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगन गरेको छ । पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै कांग्रेसले एक विज्ञप्ति जारी गरेर कार्यक्रम स्थगन गर्न निर्देशन दिएको छ ।
‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।’
पार्टीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको भएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेसले भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई ५० दिने निर्णय गरिसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया