भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

जानकी (बाँके)- बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ ।
बैठकले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई दृष्टिगत गरी आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । भूकम्पका कारण घाइतेको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालका रूपमा स्थापना गर्ने निर्णय गरिएको छ ।
साथै नेपालगञ्ज मेडिकल कलेजलगायत सबै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । घाइतेका लागि रगतको अभाव हुन नदिन सबै स्वयंसेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
भूकम्पबाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरूमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर एवं सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए ।
यस्तै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरूप रु चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्मलगायत एक सय जनाका परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।
यस्तै, कोहलपुर नगरपालिकाका तर्फबाट तत्काल राहतस्वरूप रु दुई लाख बराबरको खाद्यान्न र औषधि उपलब्ध गराइने भएको छ । राप्तीसोनारी गाउँपालिकाका तर्फबाट रु एक लाख बराबरको औषधि सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक चिकित्सकसहितको टोली परिचालन गरिने भएको छ । यस्तै, राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ । खजुरा गाउँपालिकाका तर्फबाट रु तीन लाख बराबरको औषधि सहयोग गरिने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्बल, त्रिपाल र पिफर्म उपलब्ध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्बल उपलब्ध गराइने भएको छ ।

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

प्रतिक्रिया