भूकम्पमा घाइतेको उद्धारका लागि तिलोत्तमाले पठायाे १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री

बुटवल- शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।
नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाएका हुन् ।
नगर प्रमुख खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुने गरी बजेट पठाएको बताए । उनले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताए ।
उनले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताए ।

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

प्रतिक्रिया