बहराइनका राजकुमारलाई नेपाल सरकारको सम्मान

काठमाडौँ : नेपाल सरकारले सगरमाथा आरोहण गरेर फर्किएका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफालाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सोमबार बौद्धस्थित ह्ययात होटलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशकले रुद्रसिंह तामाङले प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
तामाङले राजकुमार खालिफासहितको १२ जनाको टोलीलाई सम्मान गरेका हुन् । उनले महामारीको बीचमा पनि हिमाल आरोहण गर्न विदेशी आउनुले नेपालको पर्यटक क्षेत्रबारे विश्वभर सकरात्मक सन्देश गएको बताए ।
त्यस्तै, राजकुमार खालिफाले नेपाल र नेपालीको स्वागतले खुसी भएको बताए । सगरमाथा चढ्दा पाएको प्रमाणपत्रले आफूलाई थप हौसला प्राप्त भएको उनको भनाइ छ । 'हिमालको देशबाट सम्मान पाउँदा मलाई गर्व महसुस भएको छ,' उनले भने ।
बहराइनका राजकुमार गत वर्षको चैत २ गते नेपाल आएका थिए । उनको टीमले वैशाख २८ सगरामाथाको सफल आरोहण गरेको थियो । उनी दुई महिनाभन्दा बढी बसेका भोलि विशेष विमान मार्फत स्वदेश फर्कदै छन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

प्रतिक्रिया