आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।
निगमका अनुसार घटेको मूल्य गएराति १२ बजेदेखि लागू हुनेछ । अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया