नेपालमा लगानीबारे परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच वार्ता
वासिङटन डिसी- अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मंगलबार भेटवार्ता गरेका छन् । उक्त अवसरमा उनीहरू बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए ।
निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेका थिए ।
अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ । रासस

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया