पूर्वबाल लडाकू लेलिन बिष्ट वीर अस्पतालमा ‘नजरबन्द’ मा

काठमाडौँ- पूर्वबाल लडाकू लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’ मा राखेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकूको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् ।
छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षौंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा उनीहरुलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो ।
‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’
न्यूज एजेन्सी

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

नक्कली परीक्षार्थी पक्राउ

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

प्रतिक्रिया