राष्ट्रसंघका महासचिव गुटेरेस पोखरा आउँदै

पोखरा- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आउँदै छन् । महासचिव गुटेरेस नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार दिउँसो पोखरा आउन लागेका हुन् ।
गुटेरेस काठमाडौंबाट दिउँसो १:५० मा पोखराको पुरानो विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तालिका रहेको छ । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुग्नेछ । त्यसपछि महाचिव गुटरेस सिधै होटेलतर्फ प्रस्थान गर्नेछन् । महासचिव गुटेरेस फेवाताल किनारको एक लजमा सोमबार राति बस्ने तय छ ।
त्यसपछि उनी मंगलबार मात्रै अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६:३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । अन्नपूर्ण आधार शिविरमा शुक्रबार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।
महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ ।
नेपाली सेनाको टोली, छोम्रोङ पर्यटन व्यवस्थापन समितिको टोली, जिल्ला प्रहरी कार्यालय कास्कीको टिमसँगै गाउँपालिकाको टिम व्यवस्थापनका साथै स्वागतको तयारी जुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी पनि गरिएको छ ।
आधार शिविरबाट महासचिव गुटरेस ७:३० मा पोखरा विमानस्थल फर्किनेछन् । मंगलबार बिहान ८:१५ बजे पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया