बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे २ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।