लन्डनमा जोसे मौउरिन्होको जादु फर्कियो

काठमाडौं : म्यानचेस्टर सिटीका सर्मथकहरू प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नविकरण गर्लान-नर्गलान भन्नेमा चिन्तित थिए । त्यसकारण पनि ग्वार्डिओलाको सिटी बसाई लम्ब्याउने निर्णयले क्लबमा उर्जा थप्ने अनुमान गरिएको थियो । तर सकारात्मक खबरले खेलको नतिजालाई सकारात्मक बनाउन सकेन ।
ग्वार्डिओलाले सिटीसँगको सम्झौता दुई वर्षका लागि नविकरण गरेको खबर आएको ४८ घण्टा नबित्दै पूर्वी म्यानचेस्टर क्लबमा निराशा छायो । प्रिमियर लिगमा शनिबार टोटेनहमसँग २-० पराजित भएपछि सिटी सर्मथकहरूको खुशियाली धेरै टिकेन । जोसे मौउरिन्हो नेतृत्वको टोटेनहमले दर्ता गरेको जितले दुई सन्देश दियो । पहिलो, सिटी आफ्नो स्वभाविक लयबाट निकै टाढा रहेको प्रमाणित । दोस्रो, सिटी फेरी बलियो बन्ने हो भने ग्वार्डिओला र उनका खेलाडीहरूले धेरै मेहेनत गर्नुपर्ने अवस्था ।
त्यसो त उत्तरी लन्डनमा भएका खेलका बारेमा अग्रिम अनुमान नगरिएको होईन । यस सिजन राम्रो लयमा रहेको टोटेनहमले सिटीलाई माथ खुवाउन सक्ने सम्भावानालाई धेरैले स्विकार गरेका थिए । टोटेनहमको घरेलु मैदानमा भएको खेललाई नियालीरहदाँ यस्तो लाग्थ्यो मौउरिन्होसँग ग्वार्डिओलाको कमजोरीहरूको फेरहिस्त छ ।
मौउरिन्हो र ग्वार्डिओलाले युरोपका केही ठूला क्लबहरू सम्हालेका छन् । अनि उनीहरू स्पेनको ला-लिगा देखि च्याम्पियन्स लिगमा आमनेसामने भएका छन् । तर प्रिमियर लिगमा आईपुग्दा यी दुईको प्रतिद्वन्द्वता एक पक्षिय भिडन्तमा रुपान्तरित भयो । सन् २०१७-१८ सिजनमा सिटीले १०० अंक बनाएर प्रिमियर लिग उचाल्दा, मौउरिन्हो नेतृत्वको युनाईटेड दोस्रो भयो ।
त्यसपछि, मौउरिन्होको प्रतिक्रिया थियो ‘ग्वार्डिओलाको बलियो सिटी टिमलाई पछ्याउन सक्नु नै मेरो प्रशिक्षण जिवनको महत्वपूर्ण मध्येको एक उपलब्धि हो ।’ एक वर्ष अघि मात्र टोटेनहम आईपुगेका मौउरिन्होले यस सिजन आफ्नो क्लबलाई प्रिमियर लिग उपाधीको दाबेदार त बनाए नै, सिटीको टीममा धेरै समस्याहरू छन् भन्ने पनि प्रमाणित गरिदिए ।
त्यसो त उत्तरी लन्डनमा भएका खेलका बारेमा अग्रिम अनुमान नगरिएको होईन । यस सिजन राम्रो लयमा रहेको टोटेनहमले सिटीलाई माथ खुवाउन सक्ने सम्भावानालाई धेरैले स्विकार गरेका थिए । टोटेनहमको घरेलु मैदानमा भएको खेललाई नियालीरहदाँ यस्तो लाग्थ्यो मौउरिन्होसँग ग्वार्डिओलाको कमजोरीहरूको फेरहिस्त छ ।
टोटेनहम नौ खेलबाट २० अंक बटुल्दै प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ (यो आलेख तयार पार्दासम्म) । सिटी भने एक खेल कम खेल्दै १२ अंकका साथ ११ औ स्थानमा छ । हुन त प्रिमियर लिग सुरुवाती चरणमै छ । सिजन कसरी अन्त्य हुन्छ भन्ने अनुमान अहिले नै गर्न सकिने अवस्था छैन । तर सम्पन्न खेलहरूको आधारमा यती चाहि भन्न सकिन्छ, ‘लन्डनमा मौउरिन्होको जादु फेरी देखिन थालेको छ ।’
शनिबारको खेलमा, सिटीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्यो । तर टोटेनहमको मिडफिल्ड र रक्षापंक्तिले सिटीका आक्रमण निरन्तर निस्तेज पारिरहे । टोटेनहमका लागि खेलमा ह्यारी केन र ह्युङ मिन सनको साझेदारी महत्वपूर्ण रह्यो । विशेषगरी प्रत्याक्रमणमा उनीहरू बलियो देखिए ।
टोटेनहमले खेल दौरान दुई पटक मात्रै सिटीको पोस्टमा आक्रमण गर्न सक्यो । तर दुवै अवसरलाई टोटेनहमले गोलमा परिणत गर्यो । खेल अगाडी मौउरिन्हो पुरानै लयमा देखिए । उनले विवास्पद अभिब्यक्ति दिए । ‘राष्ट्रिय टीमको क्याम्पमा रहेका रहिम स्र्टलिङलाई घाईते बनेको नाटक गर्न लगाईयो । ता की उनी सिटी फर्केर यस खेलका लागि तयारी गर्न सकुन् ’ मौरिउन्होको दाबी थियो ।
तर स्टर्लिङ, मौउरिन्होले भने जस्तो तयार देखिएनन् । ग्वार्डिओलाले इंग्लिस विङ्गरलाई पहिलो एघारमा राखेनन् । त्यसो त मौउरिन्हको आरोपको बाबजुत, दुई प्रशिक्षक खेल सुरु हुनु अघि हसिलो मुद«ामा हात मिलाईरहेको देखिन्थे । तर खेलपछि दुई प्रशिक्षकमा एक मात्र हसिलो देखिए ।
मौउरिन्होको हासोमा दक्षिण कोरियाली फर्वाड सनको मेहेनत झल्किन्थ्यो । यस सिजन राम्रो लयमा रहेका सनले सिटीका बिरुद्ध पाँचौ मिनेटमै गोल गरे । सनको त्यो गोल, यस सिजन उनको ११ औ ब्यक्तिगत गोल थियो । अनि सिटीका बिरुद्ध पाँच खेलमा पाँचौ गोल थियो । खेलमा सुरुवाती अग्रता लिएपछि मौउरिन्हो र उनको टीम आत्मविश्वासी देखियो । अनि सनको गोलले सिटीको रक्षापंत्तिलाई भताभुङ्ग बनाईदियो । हतास सिटीले खेलमा गल्ति गरिरह्यो ।
ग्वार्डिओलाले भर्खरै सम्झौता नविकरण गरेका छन् । उनी केही वर्ष अझै सिटीमा रहनेछन् । अनि यो सिजन सुरुवाती चरण मै छ । त्यसकारण पनि, ग्वार्डिओलासँग अल्पकालिन र दिर्घकालिन दुवै खाले रणनीति बनाउने समय छ ।
विगत १२ महिनामा सिटीको रक्षापंक्तिले भरपर्दो प्रर्दशन गर्न सकेको छैन । यसै सिजनको सुरुवातमा पोर्चुगलबाट म्यानचेस्टर आईपुगेका रुबेन डायसले ऐमेरिक लार्पोटेसँग मिलेर सिटीलाई राहत प्रदान गर्ने अपेक्षा गरिरहदाँ, केन र सनले सिटीको रक्षापंक्तिलाई फेरी झस्काईदिए ।
सनले सिटीविरुद्ध कुल ६ गोल गरिसकेका छन् । सिटी बिरुद्ध धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् । लेइस्टर सिटीका जेमी भार्डी नौ गोल सहित सूचीको पहिलो स्थानमा छन् । त्यसो त यी दुई स्ट्राईकर बीच समानता छ । दुवै तीब्र गतिमा खेल्छन् भने प्रत्याक्रमणमा गोल गर्न पनि माहिर छन् ।
सिटीका रक्षकहरू सधै अगाडि बढेर खेल्ने गर्छन् । ग्वार्डिओला आफै पनि ‘हाइलाईन डिफेन्स’ को हिमायती हुन् । तर प्रिमियर लिगमा सन र भार्डी जस्ता फर्वाडहरू रहेकाले ग्वार्डिओलाको रक्षा रणनीतिले सधै कडा परिक्षाको सामना गर्नु परिरहेको छ । हो, ग्वार्डिओलाले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सम्भावना छैन । तर उनी आफ्नो नीतिमा अडिग रहने हो भने, उनका स्ट्राईकरहरूले पर्याप्त गोल गर्नबाट चुक्नु हुदैन ।
यस सिजन सिटीले आठ खेलमा १० गोल मात्र गर्न सकेको छ । अनि ११ गोल खाएको छ । सिटीले ‘हाईलाईन’ डिफेन्सलाई निरन्तरता दिने हो भने, टोटनहम जस्ता बलियो प्रतिद्वन्द्वीसँग सजिलै गोल खाने सम्भावना जिवित नै रहन्छ । ग्वार्डिओलाले भर्खरै सम्झौता नविकरण गरेका छन् । उनी केही वर्ष अझै सिटीमा रहनेछन् । अनि यो सिजन सुरुवाती चरण मै छ । त्यसकारण पनि, ग्वार्डिओलासँग अल्पकालिन र दिर्घकालिन दुवै खाले रणनीति बनाउने समय छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया