क्रिकेट विश्वकपः आज दुई खेल हुँदै
काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज दुई खेल हुने तालिका रहेको छ ।
पहिलो खेल अस्ट्रेलिया र न्यूजिल्यान्डबीच हुनेछ । अस्ट्रेलिया र न्यूजिल्यान्डबीचको खेल धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा नेपाली समयअनुसार विहान १०:४५ बजेबाट सुरु हुनेछ ।
जारी विश्वकपमा न्यूजिल्यान्डले अघिल्ला पाँचमध्ये चार खेलमा जित हात पारेको छ । यता अस्ट्रेलियाले भने तीन खेल जितेको छ ।
अंक तालिकामा ८ अंकसहित न्यूजिल्यान्ड तेस्रो तथा ६ अंकसहित अस्ट्रेलियाले चौँथोँ स्थानमा रहेका छन् ।
आजै कोलकाताको इडेन गार्डेनमा दिउँसो २:१५ बजेबाट नेदरल्यान्ड्स र बंगलादेशबीचको खेल हुनेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया