नेपालले दियो यूएईलाई १६३ रनको लक्ष्य

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा घरेलु टोली नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १६३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्काको मदतमा ५० रन बनाए । करण केसीले २३ रनको योगदान गरे ।
दिपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३, सन्दीप जोराले १०, आशिफ शेखले ७, गुल्सन झाले ५ तथा कुशल मल्लले १ रन बनाए ।
यूएईका लागि र आयान अफजल खानले ३, जाहुर खान र अली नासरले समान २-२ तथा जुनैद सिद्धिकीले १ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया