शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

त्रिकोणात्मक सिरिजः यूएईले दियो नेपाललाई १६५ रनको लक्ष्य

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) ले घरेलु टोली नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो ।

यूएईका लागि भृत्य अरविन्द र बासिल हमिदले समान ४५-४५ रन जोडे । आशिफ खानले १८ तथा खालिद शाहले १२ रन बनाए ।

नेपालका सोमपाल कामी तथा अविनाश बोहराले २-२ तथा करण केसी र गुल्सन झाले एक-एक विकेट हात पारे ।