शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

क्रिकेट विश्वकपः साविक विजेता इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

काठमाडौँ- साविक विजेता इंग्ल्यान्ड आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

भारतको मुम्बईमा शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग २ सय २९ रनले पराजित भएपछि इंग्ल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको हो ।

जारी विश्वकपमा इंग्ल्यान्डको यो चार खेलमा तेस्रो पराजय हो । उसले केवल एक खेलमा जित हात पारेको छ ।

सेमिफाइनलमा स्थान सुरक्षित गर्न इंग्ल्यान्डले अब बाँकी पाँचवटै खेल जित्नुपर्ने हुन्छ ।

शनिबार राति दक्षिण अफ्रिकाले दिएको ४ सय रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २२ ‌ओभरमै सबै विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो ।

यसअघि हेनरिच क्लासेनले ६१ बलमै शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर निर्धारित ५० ओभरमा ३ सय ९९ रन जोडेको थियो ।