घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो ।
नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालिएको छ ।
उनले भने, “अशक्त व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गरेका छौँ भने अन्यलाई घर नजिकको पायक पर्ने स्थानमा भेला गराई भत्ता वितरण गरिएको छ । दसैँका बेला भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।”
वडा नम्बर १ का अशक्त व्यक्तिलाई घरमा नै पुगेर भत्ता वितरण गरिसकिएको छ । त्यस्तै यही असोज २७ गते सोही वडाको देवीडाँडा आमा समूह भवन, २८ गते चन्द्रोदय माविमा भत्ता वितरण गरिएको छ ।
त्यस्तै वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँमा असोज २६ गते, तिलबारी, नयाँगाउँ र डुम्रीखर्कमा असोज २७ गते भत्ता वितरण गरिएको छ भने ढापटार, नारीघाट, खानीखोलामा कात्तिक १ गते, अदुवाखर्क, ढकालटार, घोक्रिङ खर्कमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।
वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा असोज २९ गते, वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा असोज २७ गते, आमडाँडा, बेसी, खस्राङ, पूर्वबेँसी, दुवाबेँसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा असोज २८ गते भत्ता वितरण गरिएको छ ।
वडा नम्बर ५ को घुमाउने, बरालुङबेँसी, लाब्दी, भोटेश्वारा, भकुन्डी, वडा कार्यालय भवनमा कात्तिक १ गते, वडा नम्बर ६ को हिलेखर्क, पुर्लुङमा कात्तिक १ गते र प्युघर र रतनपुरमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनतालाई जसरी हुन्छ सेवा लिन सजिलो बनाउने बताउनुभयो । अध्यक्ष चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो ।
उनले भने, “मैले चुनावमा जनता सामु गरेका वाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु । पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहजरुपमा गाउँमै भत्ता पुर्याउन सकिन्छ भन्ने थियो ।”
टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् । रासस
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया