अर्जुनको शतकमा नेपालले साउदी अरेबियालाई दियो ३४८ रनको विशाल लक्ष्य

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले साउदी अरेबियालाई ३४७ रनको लक्ष्य दिएको छ ।
समूह ‘ए’ अन्तर्गत युकेएम-वाइयसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन जोड्यो ।
नेपालका लागि अर्जून कुमालले १ सय ११ बलमा २ छक्का र १७ चौकाको मदतमा १ सय ४२ रन बनाए ।
आकाश त्रिपाठीलले ९८ बलको सामना गर्दा २ छक्का र ६ चौकाको मदतमा ८९ रनको योगदान गरे । दिपक बोहरा २९ रन र मिलन बोहरा ९ रन बनाएर आउट भए । कप्तान देव खनाल शून्य रनमा आउट भए ।
दिपक बहादुर डुम्रेले १४ रन जोडे । विशाल विक्रम केसीले रन तथा दिपेश कँडेलले १४ रन बनाए ।
साउदी अरेबियाका लागि अब्दुल्लाह सिराज, मुहम्मद अहमद राजा र मुहम्मद घायोर अहमदले २-२ तथा शाहिब मुजिब रहमान र जुहाइर मुहम्मदले १ विकेट हात पारे ।
आजको खेलमा जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया