शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

त्रिकोणात्मक सिरिजः हङकङविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले हङकङलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको थियो ।