शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

त्रिकोणात्मक सिरिजः आज हङकङसँग खेल्दै नेपाल

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ ।

नेपाल र हङकङबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ११ बजेबाट सुरु हुनेछ ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको थियो ।