अफगानिस्तानलाई २ सय ८९ रनको चुनौती

काठमाडौँ - भारतमा जारी आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ ।
भारतको चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८८ रनको योगफल बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिएका हुन् ।
त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाएका हुन् । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रवीन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नविन उल हकले समान दुई दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक एक विकेट झारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया