त्रिकोणात्मक सिरिजः यूएईलाई हराउँदै नेपालले गर्यो विजयी सुरुवात

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
जितका लागि चाहिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रन तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । आशिफ शेख २३ रन, कुशल भुर्तेल १४ रन तथा कुशल मल्ल ११ रनमा आउट भए ।
यूएईका लागि निलान्स केश्वानी र अली नासरले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो ।
यूएईका लागि बासिल हमिदले ५१ रन तथा अली नासरले ३२ रनको योगदान गरे । कप्तान मुहम्मद वासिम १७, आसिफ खान १५, आलिसान शाराफु ६ रन तथा मोहम्मद फराजुदिन र खालिद शाह शून्य रनमा आउट भए ।
नेपालका लागि करण केसीले ३, गुल्सन झाले २ विकेट तथा अविनाश बोहरा र सोमपाल कामीले १-१ विकेट लिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया