जनकपुरधामको कुपेश्वरनाथ मन्दिरबाट दुर्लभ मूर्तिहरू चोरी

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मूर्तिहरू चाेरी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१२स्थित कुवा टाेलमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट मूर्तिहरू चोरी भएका हुन् ।
गेटको ताल्चा फोडेर चाेरहरूले बहुमुल्य मूर्तिहरू चाेरेर लगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।अविरल वर्षा भइरहेको माैकाकाे फाइदा उठाउँदै मन्दिरमा रहेका २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनएका छन् ।
मन्दिरका पुजारी गहिराे निन्द्रामा सुतिरहेको बेला चोरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुकाे मूर्ति र दान पेटिकामा रहेको ४० हजार रूपैयाँ चाेरेर लगेका छन् । भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाले हलो जोतिरहेको जमिनमुनिबाट भेटाएका थिए । प्रहरी उपरिक्षक रानाभाटले चाेरहरू अहिले फेला नपरेको बताए ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया