नेप्सेमा दैनिक कारोबार ७ अर्ब रुपैँया नजिक

काठमाडौं : अघिल्लो साता दैनिक कारोबार ६ अर्ब ११ करोड पुगेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार झण्डै ७ अर्ब रुपैँयाको कारोबार भएको छ । आइतबार छोटो समयमा लागि नेप्से परिसूचकले १ हजार ८ सय अंकको थ्रेसहोल्ड नाघेको थियो । तर कारोबार समयको उत्तरार्धतिर अघिल्ला सातामा लगातार उकालो लागेका ट्रेडिङ र म्यानुफ्याक्चरिङ तथा प्रोडक्सन उपसमूहका कम्पनीहरूको सेयर बिक्रीको चाप बढेपछि बजार परिसूचक ४.६९ अंकले बढेर १ हजार ७ सय ८२.८१ अंकमा पुगेको छ ।
यद्यपि दैनिक कारोबार रकम भने ६ अर्ब ९० करोड ६७ लाख रुपैँया पुगेको छ । नेप्सेमा दैनिक कारोबार क्रमशः उकालो लागिरहेको छ । नेप्सेमा आइतबार ६२ हजार पाँच सय ७० कारोबारमार्फत् २०१ कम्पनीहरूको १ करोड ६० लाख ३४ हजार सात सय १७ सेयर कारोबार भएको छ ।
नेप्सेमा अघिल्ला साताहरुमा लगातार ओरालो लागिरहेको बैंकिङ उपसमूहको परिसूचक उकालो लागेको छ । झण्डै तीन वर्ष लामो वियरिस ट्रेण्ड समाप्त भएपछि यो वर्षको सुरुवातदेखि नै नेप्सेमा बुलिश ट्रेण्ड देखिने क्रम जारी छ ।
आइतबार बैंकिङ, विकास बैंक र नेपाल टेलिकमको समेत सेयर सूचीकृत भएको अन्य उपसमूह बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरू ओरालो लागेका छन् ।
आइतबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा ठूलो सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लाख १९ हजार रुपैँयाको सेयर कारोबार भयो । त्यस्तै, नेपाल लाइफ इन्स्यारेन्सको २९ करोड ५६ लाख रुपैँया र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैँयाको सेयर कारोबार भएको छ ।
आइतबार माउण्टेन इनर्जी, राष्ट्रिय बीमा कम्पनी (प्रवद्र्धक), साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने सिटीजन्स म्युचुअल फण्ड २, जानकी फाइनान्स लिमिटेड र प्रभु बैंकका लगानीकर्ताहरूले कमाएका छन् ।

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

प्रतिक्रिया