मधेशका पर्यटन प्रवर्द्धनका लागि गुरु योजना तयार गरिँदैछ : मन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मधेसको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि मधेश सरकारले गुरु योजना तयार पारिरहेको बताएकी छिन् ।
बुधबार मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय विभिन्न संघ संस्थाद्वारा संयुक्त रुपमा पर्यटन र हरित लगानी मूल नाराका साथ मनाइएको ४४ औँ विश्व पर्यटन दिवसलाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएकी छिन् ।
'मधेश प्रदेश धार्मिक र सांस्कृतिक पर्यटन सम्पदाहरु बोकेका प्रदेश हुन । यहाँ पर्यटनको निकै सम्भावना रहेकाले धार्मिक, विशेष धार्मिक र सांस्कृतिक सम्पदा छुटयाएर गुरु योजना अनुसार डिपीआर तयार गरिहेका छौं । पर्यटन प्रवर्द्धनको विकासको सोही गुरु योजना अनुसार काम पनि अघि बढाउनेछौं' उनले भनिन् ।
सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री यादवले बजेट अभावका कारण विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि काम गर्न कठिनाई भइरहेको पीडा समेत पोखिन् । उनले भनिन् 'प्रदेश सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा थोरै बजेट हालेका दिएका छन् । तीन/तीन वटा क्षेत्रमा काम गर्नु पर्दा पर्यटनको लागि बजेट निकै कम हुन जान्छ । हुनत सरकारलाई पर्यटनमा छुट्टै थप बजेट दिन माग गर्दै आएका छौं ।'
प्रदेशका राजधानी जनकपुरधामस्थित रेल्वे स्टेशनमा वृक्षारोपन र प्रभात फेरी गरी ४४ औँ पर्यटन दिवस मनाइएको हो । सो अवसरमा उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री , प्रदेश सभा सदस्य रामआशिष यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो वृक्षारोपण कार्यक्रममा जनकपुधाम उपमहानगरपालिका, श्रीराम युवा कमिटी, यति एयर, बुद्ध एअर सहित विभिन्न निजी विद्यालयले समेत आ आफ्ना ब्यानर सहित सहभागिता जनाएको थियो ।
वृक्षारोपण पश्चात नगरमा प्रभातफेरिसमेत गरिएको छ । रेलवे स्टेशनबाट मन्त्रालयसहितको संयुक्त रुपमा निस्केको प्रभात फेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया