बारामा गोली हानी भारतीय सिंहको हत्या

वीरगञ्ज- बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।
मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।
मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएको देखिएको छ ।
यद्दपी मृतकको शव नारायणी अस्पताल बिरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया