पहिलो उपाधिको खोजीमा प्रशिक्षक रवि शास्त्री

काठमाडौँ: सामान्यतया ३१ वर्ष क्रिकेटरका लागि सन्यास लिने उमेर होइन । तर रवि शास्त्रीले ३१ वर्ष पुग्दा भारतीय क्रिकेट टिमबाट सन्यास लिने निधो गरे । घुँडाको चोटले निकै दुख दिएपछि शास्त्रीले खेल करियरबाट विश्राम लिने निर्णय गरेका थिए । शास्त्रीले भारतीय टिमबाट करिब ११ वर्ष खेले । त्यस दौरान कुल १ सय ५० एक दिवशीय खेल खेले । अनि ८० टेस्ट । भारतले सन् १९८३ मा पहिलो पटक एक दिवशीय विश्वकप जित्दा शास्त्री पनि टिम सदस्य थिए ।
सन्यास पश्चात शास्त्री फरक भूमिका देखिए तर क्रिकेट जगत भित्रै । कमेन्ट्रीमा प्रशिद्धी कमाए । भारतले २०११ विश्वकप जित्दा उनले गरेको कमेन्ट्री क्रिकेट समर्थकले भुलेका छैनन् । लामो समय कमेन्ट्री गरेपछि शास्त्री खेलमै फर्किए । सन् २०१७ मा उनलाई भारतीय टिमको प्रशिक्षकमा नियुक्त गरियो । अहिले पनि उनी त्यही भूमिकामै छन् ।
भारतीय टेस्ट टिमको तथ्यांक हेर्ने हो भने, शास्त्रीको सफलता लोभलाग्दो छ । उनको प्रशिक्षणमा भारतले ४६ टेस्ट खेलेको छ । प्रशिक्षकका रुपमा टेस्ट क्रिकेटमा उनको जित प्रतिशत ६०.८७ प्रतिशत छ । उनको रेकर्ड पछ्याउने प्रशिक्षक जोन राइट हुन् । उनको नेतृत्वमा भारतले ५२ टेस्ट खेल्दै २१ जित हासिल गरेको थियो । एक दिवशीयमा पनि शास्त्रीले उल्लेख्य सफलता प्राप्त गरेका छन् । उनले भारतीय टिमलाई ९१ खेलमध्ये ५७ मा जित दिलाएका छन् ।
शास्त्रीको नेतृत्वमा भारतले सन् २०१८-२०१९ बोर्डर गावस्कर ट्रफी उचाल्यो । त्यो पनि अस्ट्रेलियाकै मैदानमा । त्यस सफलताले भारतलाई अस्ट्रेलियाको भूमिमा टेस्ट श्रृंखला जित्ने पहिलो एसियाली टिम बनायो । यसले शास्त्रीको प्रशिक्षण करियरलाई थप उचाइमा पुर्यायो । शास्त्रीको प्रशिक्षणमा भारतले कयौँ महत्वपूर्ण जित हाँसिल त गरेकै छ, धेरै नयाँ खेलाडीले मौका पनि पाएका छन् । रिसभ पन्तलगायतका युवा खेलाडीको वृत्ति विकास भएको छ । गत नोभेम्बरमा भारतले अस्ट्रेलियाको भ्रमण गर्दा पन्तको खेल गज्जबको रह्यो । विराट कोहली श्रृंखला नसकिँदै भारत फर्किएपछि शास्त्रीले पन्तलगायतका युवा खेलाडीको बलमा अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जित दर्ता गरे ।
शास्त्री भारतीय टिमको प्रशिक्षक बनेको करिब चार वर्ष भयो । उनको प्रशिक्षणमा भारत आईसीसीले सञ्चालन गर्ने प्रतियोगिताको फाइनल पुग्न नसकेको भन्ने गुनासो थियो । तर त्यस्तो गुनासोको सम्बोधन शास्त्रीले यसपटक गरेका छन् । भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । टेस्ट च्याम्पियनसिप फाइनलमा भारतले न्यूजिल्यान्डको सामना गर्दैछ । फाइनल इंगल्यान्डको साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेलाइनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया