आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री प्रचण्डले हाङजाओमा भेट्‌ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ५ गते अमेरिकाको न्यूयोर्कबाट सिधै चीन जाने कार्यक्रम छ ।  चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई हाङजाओमा भेटवार्ता गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो’ प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने '२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्छु ।'

त्यस्तै प्रधानमन्त्री प्रचण्ड १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

र, यो पनि