चीनले नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने
भारतीय राष्ट्रपतिलाई पनि खोप उपलब्ध गराउन पत्र

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई कोभिड-१९ विरुद्धको १० लाख डाेज खाेप दिने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन संवादमा सीले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल १० लाख डोज खोप सहयोग गर्ने बताएका हुन् ।
संवादमा सीले कोभिड-१९ को महामारीमा नेपालले अहिले भोगिरहेको समस्यालाई सम्बोधन गर्न आवश्यक खोप तथा स्वास्थ्य सामग्री चीनले उपलब्ध गराउने बताएका हुन् ।
टेलिफोन संवादमा नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । भण्डारीले आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले त्यस्तो आश्वासन दिएका हुन् । नेपाल-चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता संवादमा सीले व्यक्त गरेका थिए ।
भण्डारीले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा चीन सरकारले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै थप खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेकी हुन् ।भण्डारीले नेपाललाई तत्काल खोप चाहिएकाले त्यसको खरिदका लागि सहजीकरण गरिदिन सीलाई आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ । चीनले नेपाललाई खोप उपलब्ध गराउने भने पनि नेपालको स्थानीय एजेन्ट नहुने भनेपछि सरकारले नै खोप लिन आनकानी गरिरहेको अवस्थामा राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।
चिनियाँ सरकारी विचाैलियामार्फत नै खोप आउने र नेपालकाे विचौलिया कमिसन नहुने भएपछि सरकारका प्रतिनिधिहरू स्थानीय विचौलिया तय गर्न लाग्दा चीनबाट खोप आउन नसकेको दूतावासनिकट एक अधिकारीले इकागजसँग खुलासा गरेका थिए । तर, अहिले राष्ट्रपति भण्डारीको तहबाट नै खोपको विषय उठेको हुनाले चीनले १० लाख डोज थप खोप अनुदानमा दिने घोषणा गरेको हो ।
छलफलमा चीनले नेपालले खरिद गर्ने खोपमा पनि सहजीकरण गर्ने बताएको छ । बुधबार दिउँसो पौने घण्टा दुई राष्टपतिबीच संवाद भएको हो । सीले संवादको क्रममा नेपाललाई पर्ने सबै खाले सहयोग गर्न चीन तयार रहेको बताएका थिए । उनीहरूबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यावन्यनको विषय र सहयोगबारेमा पनि छलफल भएको थियो ।
यो पनि...
चीनबाट १० लाख खोप नेपाल ल्याइँदै
चिनियाँ राष्टपतिले नेपालले पछिल्लो राजनीतिक विषयमा पनि चासो राखेको स्रोतले बतायो । नेपालको राजनीति अवस्थाबारे पनि छलफल भएको र सबै मिलेर समधान निकाल्न सीले आग्रह गरेका थिए । यतिबेला नेपाली जनताको जीवन बचाउन लागि खोप अत्यावश्यक रहेको भन्दै सीले अनुदान सहयोगमा खोप उपलब्ध गराउने बताएका हुन् ।
अहिलेको अवस्थामा कोभिड-१९ विरुद्धको खोप नेपाललाई आवश्यक रहेको भन्दै त्यसमा सहयोग गर्न राष्टपति भण्डारीले आग्रह गरेकी थिइन् । 'नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’ राष्ट्रपति भण्डारीले सीलाई भनेको उनको सचिवालयले जनाएको छ ।
चीनले नेपाललाई कोभिड रोकथाम र नियन्त्रणको लागि हालसम्म स्वास्थ्य सामग्रीसहित ८ लाख सिनोफार्मको भेरोसेल खोप अनुदान सहयोग गरेको छ । थप १० लाख खोप चीनले तत्काल खरिदको प्रक्रियामा पनि लैजाने भएको छ । अहिले चीनमा सिंगल डोज खोपसमेत प्रयोगमा आएको छ । त्यस विषयमा पनि छलफल भएको थियो ।
राष्ट्रपति भण्डारीले बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् । भारतसँग खोप खरिद गरेर पनि भारतले अझै खोप उपलब्ध नगराएको कारण पनि उनले आफ्नो तर्फबाट खोपको पहल गरेकी हुन । भारतसँग खोप खरिद गरेपछि नेपालले पहिले उपलब्ध खोप लगाएको तर दोस्रो डोज लगाउन खोप नभएर अलमलमा परेको अवस्था छ । त्यसको कारण पनि राष्टपतिले यो प्रकारको पहल गरेकी हुन् ।
During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया