आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

खेलकुद मन्त्री लिम्बु डिस्चार्ज, एक सातासम्म आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री लिम्बुका स्वकीय सचिव रोशन राईले मन्त्री लिम्बुलाई ( शुक्रबार) आज साँझ साँझ ५ बजेर ४० मिनेटमा अस्पतालले डिस्चार्ज गरिदिएको जानकारी दिए ।

मन्त्री लिम्बु डेंगीको उपचारका लागि गत शनिवारदेखि अस्पताल भर्ना भएका थिए । पूर्ण रुपमा स्वास्थ्य भएकाले उनलाई आज अस्पतालले डिस्चार्ज दिएको हो ।

नियमित कामका लागि मन्त्री लिम्बु एक सातापछि मात्र मन्त्रालय उपस्थित हुने भएका छन् । स्वकीय सचिव राईका अनुसार चिकित्सकले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।