प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ– आज मंगलबारलाई तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ ।
गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण अवरोध हुँदै आएको संसद् सोमबार शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज सुचारु हुने भएको थियो । तर, दलहरूबीच छलफल जारी रहेकाले संसद् बैठक भोलिसम्मका लागि सरेको हो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको थियो । यस प्रकरणमा सत्तासीन दलहरू उच्च स्तरीय छानबिन समिति बनाउन तयार भएपछि एमाले संसद् चल्न दिन सहमत भएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया