मोहम्मद आमिरका विषयमा विभाजित पूर्व पाकिस्तानी क्रिकेटर
काठमाडौँ : पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान वासिम अक्रमले मोहम्मद आमिरलाई टिममा फर्काउनु पर्ने राय व्यक्त गरेका छन् । भारतमा यसै वर्ष हुने भनिएको टी-ट्वान्टी विश्वकपका लागि छनौट हुने पाकिस्तानी टिममा आमिरलाई समावेश गरिनुपर्ने आक्रमको भनाई थियो ।
‘आमिर अनुभवी बलर हुन् । त्यति मात्रै होइन, टी-ट्वान्टी ढाँचामा उनी विश्वकै उत्कृट बलरमध्येका एक हुन् । त्यसकारण उनी आउँदो विश्वकपका लागि पाकिस्तानको टिममा हुनुपर्छ । विश्वकपमा आमिर जस्ता अनुभवी बलरको आवश्यकता पर्छ । उनीबाट अन्य अनुभवी बलरले पनि सिक्न सक्छन्,’ आक्रमले स्थानिय सञ्चार माध्यसँग कुरा गर्दै भनेका छन् ।
आमिरले गत डिसेम्बरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । मुख्य प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वाकर युनिससँग मतभेद भएपछि आमिरले राष्ट्रिय टिम छाडेका थिए । ती दुई प्रशिक्षक रहुन्जेल आफू पाकिस्तानको टिममा नफर्कने आमिरको भनाई रहँदै आएको छ । पाकिस्तानकै अर्का पूर्व त्रिकेटर साइद अजमलले भने आमिरसँग राष्ट्रिय टिमका प्रशिक्षकहरूको राजिनामा माग्ने अधिकार नभएको बताएका छन् ।
पाकिस्तानी अखबार दी एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै अजमलले भनेका छन्, ‘आमिरको कुरा सुन्दा उनीमाथि अन्याय भएको महसुस हुन्छ । यद्यपि उनी र पाकिस्तान क्रिकेट व्यवस्थापनबीच के भयो हामीलाई थाहा छैन । तर एउटा खेलाडीले प्रशिक्षकलाई हटाउने माग राख्नु सही होइन । त्यो उसको अधिकार भित्रको विषय पनि होइन । खेलाडीको काम भनेको खेल्ने र आफ्नो प्रदर्शनमा सुधार गर्ने हो,’ अजमल भने ।
बरु आमिर राष्ट्रिय टिममा फर्कन नहुने अजमलको भनाई थियो । एकपटक सन्यास लिए पछि आफ्नो निर्णयमा अडिग हुनुपर्ने अजमलको भनाई थियो । ‘उनले सन्यास लिइसकेका छन् । अहिले आएर राष्ट्रिय टिममा फर्कने इच्छा जागेको होला । तर उनी आफ्नो निर्णयमा अडिग रहनुपर्छ,’ अजमलको भनाई थियो ।आमिरले पाकिस्तानको टेस्ट टिमका लागि ३६ खेल खेल्दै १ सय १९ विकेट लिएका छन् । त्यस्तै एक दिवशियतर्फ आमिरले ६१ खेल खेलेका छन् । त्यस ढाँचाको क्रिकेटमा उनले ८१ विकेट हात पारेका छन् ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया