बंगलादेशद्वारा श्रीलंका पराजित

काठमाडौँ : अफ-स्पिनर मेहिदी हसनले चार विकेट लिएपछि बंगलादेशले आइतबार पाहुना टोली श्रीलंकामाथि ३३ रनको जित दर्ता गरेको छ । श्रीलंकामाथि विजय प्राप्त गरेसँगै बंगलादेशले आफ्नो जितविहिन यात्रालाई टुंगाएको छ । बंगलादेशले आफ्ना पछिल्ला १० खेलमा जित दर्ता गर्न सकेको थिएन ।
ढाकामा सुरु एकदिवशिय श्रृंखलाको पहिलो खेलमा घरेलु टिमलाई विजयी बनाउन हसन बाहेक मुस्फिकर रहिमलगायतका ब्याट्सम्यानको भूमिका पनि महत्वपूर्ण रह्यो । शेर-ए-बांगला राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा छ विकेटको क्षतिमा २५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ४८.१ ओभरमा २२४ रन मात्रै बनायो ।
बंगलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकरले ८४ रन बनाए भने महमुदुल्लाह र कप्तान तमिम इकबालले क्रमशः ५४ र ५२ रन जोडे । ‘ब्याटिङ गर्न यो पिच खासै उपयुक्त थिएन । अत्याधिक गर्मी थियो । त्यसमा पनि लिटन दास र शकिब अल हसनलाई सुरुवातमै गुमाएपछि हामी दबाबमा परियो । तर तमिम र महमुदुल्लाहले इनिङ्स सम्हाले । पहिलो खेलमा जित हासिल गर्दा हामीमा आत्मविश्वास बढेको छ,’ खेलपछि मुस्फिकरले भने ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया