राजनीतिक दलहरूबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।
आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको जिकिर गरे ।
सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उल्लेख गरे ।
उनले भने, ‘ समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनुपर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोसिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उहाँहरूले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरूकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’
सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया