कोकाकोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ' युथ डायलग इभेन्ट' आयोजना

काठमाडौँ – कोका–कोला युथ डयलग इभेन्ट सम्पन्न भएको छ । युथ डायलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको हो ।
ग्लोकलले कार्यान्वयन गरेको कोका–कोला युथ डायलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका छन् ।
कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा अनुष्का श्रेष्ठ ९सीइओरको–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, ( वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर) र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब र स्नेहा श्रेष्ठ (कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपाल) गरी तीन प्यानेलिस्टहरू थिए ।
सो कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्वलाई जोड दिएको बताइएको छ ।
उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया