नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र सार्क सुदृढीकरणबारे छलफल

काठमाडौँ : पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले गत साता पाकिस्तानका प्रतिपक्षी दलका नेता मुहम्मद शेबाज सरिफ र पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद अब्बासीसँग इस्लामावादमा भेटघाट गरेका छन् ।
उक्त शिष्टाचार भेटमा नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहयोग संगठन– सार्कको सुदृढीकरण र दुवै देशमा कोभिड–१९ महामारी उत्पन्न प्रभाव तथा पारस्पारिक सहयोगका सम्बन्धमा कुराकानी भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री अब्बासीले सन् २०१८ मा भएको नेपाल भ्रमण र नेपाली शीर्ष नेताहरूसँगको छलफलको समेत स्मरण गरेका थिए । उक्त भेटघाटमा पाकिस्तानका पूर्व मन्त्रीहरू मारियम औरङ्गजेब, राना तानभीर हुसैन, आशान इकबाल र तारिक फजल उपस्थित थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया