सभापति चयनको प्रक्रिया अघि नबढेकाे भन्दै एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेको छ । समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरूले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् ।
यसअघिको बैठकमा एमालेका सांसदहरूले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । एमालेका सांसदहरूले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरूलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता विपरीत भएको बताए ।
उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे । केसीले तीन दलसँग मात्रै नभइ संसदमा भएका दलहरूसँग सभामुखले छलफल गर्नुपर्ने बताए ।
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरूसँग छलफल नगरेको गुनासो गरे ।
यता एमाले सांसद अच्युतप्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि सभापति चयन गर्नुपर्ने बताए । उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहे पनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे ।
मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत् अडान यथावत् नै रहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया