सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छः सांसद दसौदी

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका छन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उनको जिकिर थियो । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरेपनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको पटकपटक दोहोर्याए ।
उनले भने, ‘हाम्रो संसद अवरुद्ध पार्ने कुनै मनसाय छैन । तर सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ । देश र जनताको हीतका लागि त्यो छानबिन समिति आवश्यक छ । हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भिर आशंका छ । त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो । तर, सरकार डराइरहेको छ ।’
सांसद दसौदीले राज्यका सुरक्षा निकायको कडा निगरानी राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी क्वीन्टलका क्वीन्टल सुन भित्रिएको भनि सरकारलाई प्रश्न समेत गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया