सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीलाई गर्न दिन आग्रह गरेका हुन् ।
उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबीले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषीलाई कानुनी दायरामा ल्याउने बताए । उनले सिआइबीले अपराधी लुकाउने दुर्नियत देखायो भने मात्र छानबिन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताए ।
विगतमा बनाइएको संसदीय छानबिन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उनले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले सरकारले दोषीलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसका निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गरे ।
गृहमन्त्री श्रेष्ठले भेपमा सुन तस्करी प्रकरणको फाइल आफ्नो टेबलमा आइनपुगेको पनि स्पष्ट पारे । उनले आफूले सो प्रकरणको पनि निष्पक्ष अनुसन्धान गरेर तथ्य, प्रमाणले देखाए अनुरूपको अभियोजनको प्रक्रियामा जान प्रहरीलाई निर्देशन दिएको बताए । आफू व्यक्ति विशेषलाई जोगाउन नलागेको भन्दै उनले माओवादी केन्द्रकै मान्छे भए पनि दोषी देखिएमा नछुट्ने उल्लेख गरे ।
उनले प्रमाण पुगेकाहरू कोही नउम्किने दाबी गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया