घुस लिएको भिडियो भाइरल भएपछि दुई प्रहरी निलम्बनमा

रौतहट- राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।
महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसँग अवैध रकम लिएको पुष्टी भएपछि दुई प्रहरी जवानलाई तत्कालै निलम्बन गरिएको हो ।
उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।
यसरी प्रहरी प्रधान कार्यालयबाट निलम्बन परेको सूचना पाउनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित बागमती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन् ।
उनीहरूलाई निलम्बन गरेर थप छानबिन गरिराखिएको जनाइएको छ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया