यौन दुरुपयोग अभियोगमा मनोज राई डेढ लाख धरौटी बुझाएर रिहा

बारा- बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका- २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुर्व्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए ।
घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनीविरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए ।
आफ्नो पसलमा सामान किन्न आएकी एक जना छिमेकी बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडाध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन् ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया