'गौर हत्याकाण्ड आन्दोलन' मा रौतहट माओवादी विभाजित
गौर- गौर हत्याकाण्डको छानविनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।
उक्त हत्याकाण्डका विषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी विभाजित भएको हो ।
जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका छन् । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू भए पछि त्यसमा आफनो पार्टीको संलग्नता नरहेको उनको भनाई छ ।
‘आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’
आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो ।
६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका हुन् ।
तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन ? भन्ने उनले विज्ञप्तिमा भने खुलाएका छैनन् ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया