बुटवल इजलासमा २ हजार ३४६ मुद्दा फर्छ्यौट

बुटवल- उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले आर्थिक वर्ष ०७९/८० मा जम्मा ६०.३२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले एक वर्षको अवधिमा ६०.३२ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी गराएको हो ।
२०८० असार मसान्तसम्ममा अदालतमा परेका मुद्दाका विवरण र फर्छ्यौट भएका नभएका मुद्दाहरूको प्रगतिबारे अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले जानकारी गराए । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले एक वर्षको अवधिमा २३ सय ४६ वटा मुद्दा फर्छ्यौट भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
२०७८/७९ मा १६ सय ५३ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए, भने नयाँ २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्दा मध्ये २३ सय ४६ वटा मुद्दा फर्छ्यौट भएको जानकारी गराइएको हो ।
वार्षिक फर्छ्यौट २४ सय ५४ वटा मुद्दा फर्छ्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको लक्ष्य भए पनि लक्ष्य पूरा हुन नसकेको रजिष्ट्रार कुइँकेलले जानकारी गराए । उनका अनुसार आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका मुद्दामध्ये फर्छ्यौट हुन १५ सय ४३ वटा मुद्दा बाँकी रहेका छन् ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश नित्यानन्द पाण्डेयले अदालतमा मुद्दाहरूको संख्या बढेको बताए । उनले कार्यसम्पादनमा कमी नभए पनि प्रत्येक अदालतमा संख्यात्मक रूपले मुद्दाहरू बढ्दै गएको जिकिर गरे ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजलास अन्तर्गत रूपन्देहीमा ५७.८९ प्रतिशत, अर्घाखाँचीमा ४७.७० प्रतिशत, कपिलवस्तुमा ४४ प्रतिशत, गुल्मीमा ८०.८९ प्रतिशत, पाल्पामा ७२ प्रतिशत, नवलपरासीमा ५०.५२ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_m3qS5EJLPR_nxpndjyipsi6rtjqcsec0r8fqm0sw8uhwywondf6ac0xvn0y5a1ixyc2mjci.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_aJBwQrHN5h_708186pzfqgfjd2ekl5qul4mrl7fgruik1nrua7w2r3ked7it963vcfr1fv6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया