ललिता निवास प्रकरण : सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज

काठमाडौँ- ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ ।
ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो ।
गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो ।
सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया