पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउँछौं : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रयत्न भइरहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा लोकसेवा परीक्षा उत्तीर्ण भइ स्थायी नियुक्ति पाएका स्टाफ नर्सहरूसँगको छलफलका क्रममा मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य उपचारको हकलाई कार्यान्वयन गर्दै पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रयत्न भइरहेको बताएका हुन् । अहिले विभिन्न अस्पतालमा १० प्रतिशत नि:शुल्क उपचार गर्ने प्रणाली लागू भइसकेको भन्दै सरकारको निर्देशन पालना नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिए ।
मन्त्री बस्नेतले देश र जनताका लागि सेवा गर्ने स्टाफ नर्सलाई सरकारले आवश्यक सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्नेमा उनले जोड दिए ।
उनले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने पनि बताए । त्यस्तै मन्त्री बस्नेतले आफ्नो घरपायक पर्ने स्थानमा सेवा गर्ने मौका स्टाफ नर्सहरूलाई दिइने बताए ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया