अस्ट्रेलियन बलर लायनले एशेज सिरिजको बाँकी सबै खेल गुमाउने सम्भावना

काठमाडौँ- अस्ट्रेलियन बलर नाथन लायनले इंग्ल्यान्डविरुद्ध जारी एशेज सिरिजको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ । अस्ट्रेलियाका लागि लगातार एकसयौं टेस्ट खेल्ने क्रममा दोस्रो दिनको खेल चलिरहँदा लायन घाइते भएका थिए ।
अस्ट्रेलियन टिमका पूर्व चिकित्सक पिटर ब्रुकनरले सिड्नी मर्निङ हेराल्डलाई बताएअनुसार लायनले सिरिजका बाँकी सबै खेल गुमाउने सम्भावना रहेको छ । ब्रुकनरका अनुसार लायनको दाहिने खुट्टामा लागेको चोट ठिक हुन कम्तिमा पनि ४ देखि ६ हप्ताको समय चाहिन्छ ।
उनले सिरिजमा लायनले खेलेको हेर्ने सम्भावना न्यून रहेको दावी समेत गरे ।
दोस्रो दिनको अन्तिम सत्रमा क्याच लिन दौडिँदा लायनलाई चोट लागेको हो । पहिलो इनिङ्समा इंग्ल्यान्डले ब्याटिङ गरिरहँदा ३७ औँ ओभरमा चोट लागेपछि उनले फिजियोलाई बोलाएका थिए । फिजियोको मदतमा लायनलाई खेल मैदान बाहिर लगिएको थियो । उनी त्यसपछि खेल मैदानमा आउन सकेनन् । मैदानबाट बाहिरिनुअघि लायनले १३ ओभर बलिङ गर्दै एक विकेट हात पारेका थिए ।
लायनको अनुपस्थितिमा स्टिभ स्मिथले समेत बलिङ गरेका थिए ।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच पाँच खेलको सिरिजमध्ये एक खेल अस्ट्रेलियाले जित्दा दोस्रो खेल जारी रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया