नाथन लायन लगातार एकसयौँ टेस्ट खेल्ने क्रममा घाइते

काठमाडौँ- नाथन लायन अस्ट्रेलियाका लागि लगातार एकसयौँ टेस्ट खेल्ने क्रममा घाइते भएका छन् । इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको एशेज टेस्ट सिरिजको दोस्रो खेलका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो ।
दोस्रो दिनको अन्तिम सत्रमा क्याच लिन दौडिँदा लायनलाई चोट लागेको हो । पहिलो इनिङ्समा इंग्ल्यान्डले ब्याटिङ गरिरहँदा ३७ औं ओभरमा चोट लागेपछि उनले फिजियोलाई बोलाएका थिए । फिजियोको मदतमा लायनलाई खेल मैदान बाहिर लगिएको थियो । उनी त्यसपछि खेल मैदानमा आउन सकेनन् । मैदानबाट बाहिरिनुअघि लायनले १३ ओभर बलिङ गर्दै एक विकेट हात पारेका थिए ।
एशेज सिरिजको दोस्रो टेस्ट खेल खेल्दा लायन १०० टेस्ट खेल्ने खेलाडीको सूचीमा छैटौँ र बलरको रुपमा पहिलो खेलाडी बनेका थिए ।
लायनले अस्ट्रेलियाका लागि १० वर्ष अगाडि इङ्ग्ल्यान्डविरुद्ध नै लर्ड्स क्रिकेट ग्राउण्डमा टेस्ट खेलका क्रममा टिममा परेका थिएनन् र लर्ड्स क्रिकेट ग्राउण्डमै खेल चलिरहँदा दोस्रो दिनमै घाईते भएका हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया