आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

यू-१६ क्रिकेटः नेपालले थाइल्यान्डलाई दियो २७० रनको विशाल लक्ष्य

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २७० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो ।

नेपालका लागि निरज कुमार यादवले ४३ बलमै सर्वाधिक ७४ रन जोड्दा ८ चौका र ६ छक्का हिर्काए ।

नरेनले ५५ रन बनाए । सन्तोष यादवले ४२ रन तथा सुर्यान्सु कोइरालाले ४० रन जोडे ।  

थाइल्यान्डका लागि नटपाखन मानोओन, फानुवाट डसुन्गनोएन र राथासाट वानिचाखमले समान २-२ विकेट लिए ।